सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाग्मती प्रदेशका मन्त्री लामाबारे एमालेले माग्यो सरकारको जवाफ

२०८० भदौ ३०, ०५:२३ खबर संवाददाता

काठमाडौंः  प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा बाग्मती प्रदेशका मन्त्रीको नाम पनि जोडिएको भन्दै सरकारको जवाफ मागेको छ।

शनिवार बसेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले एक किलो सुन तस्करीमा प्रदेशका मन्त्रीको नाम जोडिएको भन्दै ध्यानाकर्षण गराएका छन्। केही दिन पहिले दुबईबाट काठमाडौं आएका तीन जनाले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुन बरामद भएको थियो।

पक्राउ परेकाहरुको बयानबाट तस्करीमा काभ्रेका तरुण दलका नेता विकास लामाको संलग्नता खुलेको प्रहरीले बताएको छ। लामा, बागमती प्रदशेका खानेपानी उर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा निकटका हुन्। एमाले संसदीय दलका नेता थपलियाले मन्त्रीको नाम त लिएनन्, तर उनको नाम उल्लेख गरेर सञ्चार माध्यमहरुमा समाचार आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले भने, ‘हाम्रै प्रदेश सरकारका मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करका सन्दर्भमा पत्रपत्रिकामा आएको छ। यो हो वा होइन? सरकारले संसदलाई सुसूचित गराउनुपर्छ।’ यदि निर्दोष हो भने सरकार र मन्त्रीले बोल्नुपर्ने उनले बताए। 
 

कमेन्ट लोड गर्नुस