सुदूर नेपाललाई विश्वसँग जोड्दै

साल्ट ट्रेडिङ र खाद्य कम्पनीले अब चिनी पनि आयात गर्ने

२०८० भदौ २९, ०९:३२ खबर संवाददाता

काठमाडौंः  सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १०÷१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ।
 

कमेन्ट लोड गर्नुस