सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक कृषि तथा पशुपन्छी फर्म जलेर नष्ट

२०८० भदौ २८, ०७:३८ खबर संवाददाता

धनगढीः  कैलालीमा एक कृषि तथा पशुपन्छी फर्ममा आगलागी हुदा जलेर नष्ट भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–१० उदासीस्थित सिगास बहुद्देश्य कृषि तथा पशुपन्छी फर्ममा बिहीवार आगलागी भएको हो। फर्ममा आगलागी हुदा खोरभित्र रहेका तीनवटा पशुचौपाया मरेका छन् भने काठले बनेको जस्ता पाताले छाएको खोर जलेर पुर्णरपमा नष्ट भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।

आगलागीबाट अन्दाजी करिब ४ लाख ५० हजार बराबरको क्षेती भएको छ। तर आगलागीबाट कुनै मानवीय क्षेती भने नभएको आपतकालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस