एक नेपाली युवतीको भारतीय सेनाका लेफ्टिनेन्टद्धारा हत्या
नेपालकी एक युवतीको भारतीय सेनाका लेफ्टिनेन्टले हत्या गरेका छन्। तनहुँ जिल्लाको भानु नगरपालिका–६ चोक चिसापानीकी सुमित्रा (श्रेया) घर्तीको भारतीय सेनाका ४२ वर्षीय लेफ्टिनेन्ट कर्णेल रामेन्दु उपाध्यायले गरेका हुन्।
श्रेयाको हत्या अभियोगमा भारतीय सेनाका उपाध्यायलाई प्रहरीले पक्राउ गरेर मंगलबार अदालतमा हाजिर गराएको छ। अदालतले आरोपी लेफ्टिनेन्ट कर्णेललाई १४ दिनको न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ। ज्यान गुमाएकी युवती श्रेयाको शवको पोस्टमार्टममा पनि झमेला भएको थियो। उत्तराखण्ड प्रहरीले ती युवतीका नेपालस्थित परिवारजनको चार दिनसम्म खोजी गरेको थियो। घटनाको ७२ घण्टापछि श्रेयाको बुधवार पोस्टमार्टम गरिएको हो। उनका परिवारजनसँग सम्पर्क हुन सकेको थिएन। सम्पर्क नभएपछि श्रेयाको शव बुधबार प्रहरीले पोस्टमार्टम गरेको हो।
आइतवार बिहानै देहरादुनस्थथित प्रहरी कार्यालय सडक क्षेत्रसँगैको सिलवारगढको किनानरको नालामा श्रेयाको शव भेटिएको थियो। पुलिसले घटनास्थल पुगेर शवको मुचुल्का उठाउँदा युवतीको पहिचान हुन सकेको थिएन। छानबिनपछि पुलिसले पण्डितवाडीका लेफ्टिनेन्ट उपाध्यायलाई गिरफ्तार गरेको थियो। उनले श्रेयाको हत्या आफूले गरेको साविती बयान प्रहरीलाई दिएका छन्। कर्णेल उपाध्यायले बिहेका लागि दबाब दिएपछि श्रेयाको हत्या गरेको बताएका छन्।
डान्सबारमा नाच्ने ३० वर्षीया शर्मा र कर्णेलबीच करिब २ वर्षदेखि सम्बन्ध रहेको खुलेको छ। विवाहित उपाध्यायका डेढ वर्षका छोरा छन्। उपाध्यायलाई उनकै निवासबाट पक्राउ गरिएको हो। –नेपालखबर