सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा एनसेलको मोबाइल ब्रोडब्याण्ड सेवा विस्तार

२०८० भदौ २८, ०२:१५ खबर संवाददाता

धनगढीः बाजुराको सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवा विस्तार भएको छ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियानअन्तर्गत स्थानीयलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरहरुसँग जोड्दै फोरजी सेवा सुरु गरेको हो। फोरजी सेवा सुरु गर्न एनसेलले गत एक महिनामा बडिमालिका नगरपालिका (बाजुरा) फोरजी बेस ट्रान्ससिभर स्टेशन (बीटीएस)स्थापना गरेको छ।

कम्पनीले भी–स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा सञ्चालन गरेको हो। एनसेलले फोरजी सेवा विस्तार र क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आएको कम्पनीले जनाएको छ। फोरजीले प्रयोगकर्तालाई हाई–डेफिनिशन भिडियो सामग्रीको स्ट्रिमिङ, भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे), द्रुत डाउनलोड र अपलोडहरू, ठूला फाइलहरू तत्काल आदानप्रदानलगायत विभिन्न डिजिटल सेवा लिन सक्षम बनाउने दाबी छ।

कमेन्ट लोड गर्नुस