सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयास जारी छ : गृहमन्त्री

। फोटो स्रोत ।
२०७६ वैशाख १२, ०२:२८ खबर संवाददाता

गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन्। प्रदेश १ को सुरक्षा गोष्ठीको क्रममा विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले सरकारले वार्ता र संवादबाटै समस्याको समाधान चाहेको र विखण्डनकारी समूहलाई समेत मूलधारमा ल्याईसकेको अवस्थामा विप्लव समूह पनि वार्तामा आउनुको विकल्प नभएको बताए।

गृहमन्त्री थापाले सबै असन्तुष्ट पक्षलाई राजनीतिको मुलधारमा ल्याउन सरकारले वार्ताको आह्वान गरेको उल्लेख गरे। शान्तिपूर्ण आन्दोलन गर्ने छुट सबैलाई  भएको भन्दै उनले शान्ति सुरक्षामा खलल पु¥याउने छुट भने कसैलाई नभएको स्पष्ट पारे।
गृहमन्त्री थापाले विगतभन्दा शान्ति सुरक्षामा गुणात्मक सुधार आएको जिकिर पनि गरे।
 

कमेन्ट लोड गर्नुस