मृत फेला परेका मेजरको शव काठमाडौं पठाइयो

२०८० भदौ २७, ०५:२६
डोल्पाः मृत अवस्थामा फेला परेका डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव काठमाडौं पठाइएको छ।
बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको शव काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।
गत १० भदौदेखि बेपत्ता मेजर पण्डितको शव १६औँ दिनमा मंगलबार त्रिपुरासुन्दरी नगरपालिका–५ करवगाडस्थित चिन्डेबगरनजिक भेरीनदीको किनारमा फेला परेको थियो। मेजर पण्डितको मृत्युको कारण भने खुल्न सकेको छैन।
.gif)



कमेन्ट लोड गर्नुस