सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिबियामा बाढी, दुई हजार ३०० को मृत्यु, हजारौँ बेपत्ता

२०८० भदौ २७, ०६:१७

काठमाडौंः लिबियामा आएको विनाशकारी बाढीका कारण कम्तीमा दुई हजार ३०० व्यक्तिको मृत्यु हुनुका साथै हजारौं बेपत्ता भएका छन्। करिब एक लाख मानिसहरू बसोबास गर्ने भूमध्यसागरीय तटीय शहर डेर्नामा ठूलो बाढी आएको हो।

आपतकालीन सेवाहरूले डेर्नामा मात्र दुई हजार ३०० भन्दा बढीको मृत्यु भएको प्रारम्भिक रिपोर्ट गरेका छन। उक्त विनासकारी बाढीका कारण पाँच हजारभन्दा बढी मानिसहरू हराइरहेको र लगभग सात हजार घाइते भएका छन्।

ग्रीस, बुल्गेरिया र टर्कीमा आइतवार आएको आँधी ‘डेनियल’को मुसलधारे वर्षाका कारण बाढी आएको हो। बेन्गाजीबाट २५० किलोमिटर (१५० माइल) पूर्वमा पर्ने डेर्ना पहाडहरूले घेरिएको छ। लिबियाको पूर्वी क्षेत्रमा सहायता समूह नर्वेजियन रिफ्यूजी काउन्सिलले बाढीका कारण पूरै गाउँ डुबेको र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको जनाएको छ।

कमेन्ट लोड गर्नुस