सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनमोर्चाको कैलाली अध्यक्षमा जोशी चयन

२०८० भदौ २६, ०७:२३ खबर संवाददाता

धनगढीः राष्ट्रिय जनमोर्चाको कैलाली पाँचौ जिल्ला सम्मेलनले जगतप्रसाद जोशीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कमिटी चयन गरेको छ। कमिटीको उपाध्यक्षमा मिलन शाही, सचिवमा मेरजन शाही, कोषाध्यक्षमा कुन्ती पाण्डेय र सहसचिवमा अञ्जना मास्के छानिएका छन्।

२३ सदस्यीय कमिटीमा १९ जना पूर्ण र चार जना वैकल्पीक सदस्य चुनिएका छन्। सो सम्मेलनको उद्घाटन गर्दे राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले अमेरिकी साम्राज्यबाद र भारतिय विस्तारबादका कारण नेपाली राष्ट्रियता कमजोर हुन थालेकोले त्यसका विरुद्ध लड्न जरुरी भएको बताए। उनले संघीयता खारेज नहुँदासम्म मुलुकको प्रगति नहुने पनि बताएका थिए।

कमेन्ट लोड गर्नुस