सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हार्डवेयर एक्सपो हुने

२०८० भदौ २६, ०६:२३ खबर संवाददाता

धनगढी: धनगढीमा निर्माण सामग्री तथा हार्डवेयर एक्सपो-२०८० हुने भएको छ। कैलाली हार्डवेयर व्यवसायी संघले असोज १० देखि १४ गतेसम्म एक्सपो सञ्चालन गर्ने भएको हो। मङ्गलबार धनगढी पत्रकार सम्मेलन गरेर निर्माण सामग्री तथा हार्डवेयर मेलाको तयारी थालिएको संघले जनाएको छ।

पाँच दिनसम्म चल्ने मेला धनगढीको सौराई स्क्वायरमा आयोजना गरिने कैलाली हार्डवेयर संघले जनाएको छ। कैलाली हार्डवेयर व्यवसायी संघले २०७५ देखि निर्माण सामग्री तथा हार्डवेयर मेला गर्दै आएको छ। मेलामा स्वदेश तथा विदेशमा उत्पादित निर्माण तथा हार्डवेयर सामग्रीको प्रदर्सन गरिने आयोजकले जनाएको छ। मेलामा विभिन्न कम्पनी र ब्रान्डका उत्पादनहरूको मूल्य र गुणस्तर बारे विस्तृत जानकारी समेत दिइने छ।

मेलामा नि:शुल्क प्रवेशको व्यवस्था रहनेछ भने ५० भन्दा बढी कम्पनी तथा व्यावसायिक फर्मका स्टलहरू एकै छानामुनी अवलोकन गर्न पाइने छ। यस्तै, नयाँ प्रविधि, उपकरण र मेसिनरी सामानहरूको अवलोकन तथा जानकारी प्रदान गरिने आयोजकले बताएको छ। यसैगरी, वास्तुविज्ञबाट नि:शुल्क परामर्श सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। मेलामा भूकम्प प्रतिरोधी निर्माण सम्बन्धि जानकारी दिनुका साथै गुणस्तरीय उत्पादन सुपथ मूल्यमा खरिद गर्न सकिने छ।

कमेन्ट लोड गर्नुस