सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेका उपाध्यक्ष नेम्मबाङको निधन, प्रधानमन्त्री लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

२०८० भदौ २६, ०६:०२ खबर संवाददाता

काठमाडौं: संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ।

नेम्मबाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमवार राति बालुवाटारस्थित निवासमा समस्या भएपछि राति नै शिक्षण अस्पताल लगिएको थियो।

उनको राति १ बजेर ३० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ। सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत अन्य एमालेका धेरै नेताहरु अहिले शिक्षण अस्पतालमा पुगेका छन्। यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले नेता नेम्बाङको निधनमा दुख व्यक्त गरेका छन्।

कमेन्ट लोड गर्नुस