सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपाले भदौ २७ गते काठमाडौँमा विरोधसभा गर्ने 

२०८० भदौ २५, ०९:२६ खबर संवाददाता

काठमाडौँः  राष्ट्रिय प्रजातन्त्र पार्टीले भदौ २७ गते काठमाडौमा वृहत विरोधसभा गर्ने भएको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले देशद्रोहीविरुद्ध विरोधसभा गर्न लागिएको जनाएको हो। भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, सुन तस्करीलगायतका भ्रष्टाचार काण्डमा संलग्नको पूर्ण छानबिन गर्नका लागि दबाब दिनका लागि विरोधसभाको आयोजना गर्न लागिएको राप्रपाले जनाएको छ।

गौवंश हत्याको विरोध, विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउन, हिन्दुत्वको रक्षा एवं हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि दबाब दिन पनि सभाको आयोजना गर्न लागिएको राप्रपाले जानकारी दिएको छ।

देशद्रोहीविरुद्ध आन्दोलन स्वरुप राप्रपाले विरोधसभा गर्न लागेको राप्रपा नेता ज्ञानेन्द्र शाहीले बताए। शाहीले विभिन्न प्रकरणको अनुसन्धानमा नेताहरु तानिए पनि प्रकरणलाई नै कमजोर बनाउन खोजिएको उल्लेख गरे। उनले बालुवाटार प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेसम्म सडक आन्दोलन गर्ने चेतावनी पनि दिए।
 

कमेन्ट लोड गर्नुस