सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरमा देहत्यागको तथ्यांक डरलाग्दो, तीन वर्षमा साढे तीन हजारले त्यागे प्राण

२०८० भदौ २५, ०६:३७ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र देहत्यागको समस्या विकराल बन्दै गएको छ। तीन वर्षको अवधिमा ज्यान सम्बन्धि अपराध र देहत्याग गरेर साढे तीन हजारले प्राण त्याग गरेको प्रहरी तथ्यांकले देखाएको हो। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, भवितव्य ज्यान र फुटकर ज्यान लगायतका घटनमा परेर ठुलो संख्यामा मानवीय क्षति भएको छ।

त्यस्तै, आत्महत्या सम्बन्धि घटना अन्तर्गत बीस सेवन, आगो लगाएर, हाम फालेर तथा झुन्डिएर मर्नेको संख्या सबैभन्दा उच्च देखिएको छ। पछिल्लो तीन आर्थिक वर्षमा मात्र सुदूरपश्चिममा तीन हजार ६११ जनाले अकालमै ज्यान गुमाएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीले तयार गरेको तथ्याङ्कमा कर्तव्य ज्यान र भवितव्य ज्यान तथा बीस सेवन र झुन्डिएर ज्यान गुमाउनेको संख्या सबैभन्दा उच्च देखिएको छ।

आर्थिक वर्ष २०७७/७८ मा कर्तव्य ज्यान अन्तर्गत ७०, ज्यान मार्ने उद्योगमा ९२, भवितव्य ज्यान अन्तर्गत २९५ र फुटकर घटनामा ११६ गरी ६१८ जनाले प्राण त्याग गरेका हुन्। आर्थिक वर्ष २०७८/७९ मा ५९९ जनाको ज्यान जाने अपराधका घटना घटेका छन्। सो अवधिमा कर्तव्य ज्यान अन्तर्गत ५८, विष खुवाएर एक, ज्यान मार्ने उद्योग अन्तर्गत ७३, भवितव्यबाट २६३ र १७० जनाको फुटकर घटनामा ज्यान गएको छ।

आर्थिक वर्ष २०७९/०८० मा ५७५ जनाको अकालमा ज्यान गएको प्रहरीको तथ्यांकले देखाएको छ। सो अवधिसम्म कर्तव्य ज्यान अपराधमा ३७ जनाको ज्यान गएको छ भने ज्यान मार्ने उद्योग अन्तर्गत ६३ जनाको मृत्यु भएको छ। गत वर्ष भवितव्य ज्यान घटनामा २८१ र फुटकर अपराधका घटनामा १६६ जनाको ज्यान गएको प्रहरी तथ्याङ्क छ।

त्यस्तै देहत्याग गरेर आर्थिक वर्ष २०७७/७८ मा ६८६ जनाको ज्यान गएको छ। सो अवधिमा विष सेवन गरेर १७३ र आगो लगाएर १ जना, हाम फालेर ४ जना, करेन्ट लगाएर तथा पानीमा हाम फालेर ३/३ जनाले ज्यान गुमाएका छन्। सबैभन्दा बढी झुन्डिएर प्राण त्याग गर्नेको संख्या ४९८ देखिएको छ। 

आर्थिक वर्ष २०७८/७९ मा विष सेवन गरेर १०२ जना, आगो लगाएर एक जना, हाम फालेर पाँच जना, करेन्ट लगाएर तथा पानीमा हाम फालेर १/१ जनाले ज्यान फालेकामा झुन्डिएर मर्नेको संख्या ४६६ देखिएको छ। यस्तै, आर्थिक वर्ष २०७९/८० मा विष खाएर ७९, हाम फालेर तथा पानीमा हाम फालेर ५/५ जना, करेन्ट लगाएर १ र झुन्डिएर ४६७ जनाले आफ्नो ज्यान आफैं हरण गरेको प्रहरी तथ्याङ्कले देखाएको हो। प्रहरी तथ्याङ्कले प्रदेशमा देहत्याग र ज्यानसम्बन्धी कसुरमा कमि आउन नसकेको देखिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस