कैलालीमा बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ

धनगढीः कैलालीमा बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।
जिल्लाको घोडाघोडी नगरपालिका –४ महितुवा टोलका ३६ वर्षीय ज्ञानबहादुर चौधरी हिजो( आइतवार) पक्राउ परेका हुन्। चौधरीलाई उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
चौधरीले छ लाखको चेक दिएका थिए। बाउन्स चेक दिएको आरोपमा उनी विरुद्ध चेक बाउन्सको ठगि मुद्धा दर्ता भएको थियो। चौधरी सोहि दिनबाटै फरार रहेका थिए। उनलाई अदालतले सोमवार(आज) कारागार चलान गरेको हो।
.gif)


