धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ

२०८० भदौ २५, ०३:३७
धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
सोमबार धनगढी उपमहानगरपालिका–४ तारानगरबाट कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–८ का ३० वर्षीय गौरब बमलाई लागुऔषधसहित कैलाली प्रहरीले पक्राउ गरेको हो।
उनलाई ४ ग्राम १३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।



कमेन्ट लोड गर्नुस