सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउदीमा नेपाली महिलाको तीज कार्यक्रम  

२०८० भदौ २५, ०९:२७ खबर संवाददाता

साउदी अरबमा रहेका नेपाली महिलाहरूले तीज पर्व मनाएका छन्। विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले नेपाली महिलाका लागि तीज कार्यक्रम आयोजना गरेको हो।

तीज विषेश कार्यक्रम दम्मामको सिको नजिकैको रोज गार्डेन होटलमा भएको कार्यक्रममा विभिन्न कलाकारहरूले तिज गीतमा नृत्य प्रस्तुत गरेका थिए। यस्तै, कार्यक्रममा दर खाने व्यवस्था समेत मिलाइएको थियो। 

परदेशमा रहेर पनि नेपाली महिलाहरू रातो पहिरनमा एकै साथ नाच्दा विशिष्ट प्रकारको आनन्दको अनुभूति महसुस भएको एनआरएनए एनसीसी साउदीका अध्यक्ष बलराम थापाले बताए। तीज जस्तो पर्वले हामी सबैलाई जोड्ने र चेलीबेटीको भावनालाई समेट्ने हुँदा यो आफैँमा विशिष्ट रहेको अध्यक्ष थापाले बताए। कार्यक्रम एनआरएनए आइसीसी सल्लाहकार धरम केसीको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो।

कमेन्ट लोड गर्नुस