सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका सामान बरामद

२०८० भदौ २४, ०६:०५ खबर संवाददाता

धनगढीः  कैलालीबाट भन्सार छलीका  सामान प्रहरीले बरामद गरेको छ।

जिल्लाको भजनी नगरपालिका–७ हिम्मतपुरघाटबाट भन्सार छलीका अन्दाजी करिब १२ हजार मुल्य बराबरको रेडिमेड अचार  बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

यस्तै, जोशीपुर गाउँपालिका–१ लक्करमन्डी चोकबाट अन्दाजी ४० हजार मुल्य बराबरका लेडिज चप्पल, जुत्ता लगायतका सामान आईतबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस