दाहाल नेतृत्व सरकारको विकल्प खोज्नैपर्छः शेखर कोइराला
काठमाडौँः नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले अब वर्तमान सरकारको विकल्प खोज्नुपर्ने समय आएको बताएका छन्।
आइतवार हेटौंडामा पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदा मात्र देशमा लोकतन्त्र र राष्ट्रियता बलियो हुने दाबीसमेत कोइरालाले गरे। उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल अराजक हुँदै गएको र जातीय, धार्मिक तथा सामाजिक सहिष्णुता भड्काउन खोजेको आरोप लगाए।
‘देशमा द्वन्द्व गराउने र द्वन्द्व निम्त्याउने प्रयास भइरहेकाले प्रधानमन्त्रीको अभिव्यक्तिले देशलाई अप्ठ्यारो पारिरहेको छ,’ वरिष्ठ नेता काइरालाले कांग्रेसकै समर्थनमा निर्माण भएको हालको सरकार परिवर्तन गर्ने वा नगर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताए। ‘कांग्रेस ९० सिटसहित देशको ठूलो दल हो। अहिले नै कसरी अगाडि बढ्ने भन्न सकिँदैन। संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था रहेको भन्दै शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताए।