सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट ब्राउनसुगरसहित एक जना पक्राउ

२०८० भदौ २४, ०८:५६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट ब्राउनसुगरसहित एकजना  पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ बालुवाघाटबाट शनिवार साँझ ७ सय ३० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका २१ वर्षीय सन्जीव चौधरी पक्राउ परेको हुन्। 

प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार अस्थायी प्रहरी पोस्ट शान्तिनगरबाट खटिएको टोलीले शँका लागेर चेकजाँच गर्दा भारतबाट नेपालतर्फ आईरहेका चौधरीबाट सो परिमाणमा ब्राउनसुगर फेला पारिएको हो। थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस