सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाटन नगरपालिका भित्र ८ नम्बर राजस्व संकलनमा पहिलो वडा, १० नम्बरको १ लाख पनि पुगेन्

२०८० भदौ २३, ०९:२४ खबर संवाददाता

बैतडीः  बैतडीको पाटन नगरपालिकाले १० वटै वडाबाट १८ लाख ४२ हजार ६ सय ३ रुपैयाँ राजस्व संकलन गरेको छ।

१० वटै वडा मध्ये सबै भन्दा बढी राजस्व संकलन गर्ने वडा नम्बर ८ बनेको छ। वडा नम्बर ८ ले एक वर्षमा ४ लाख ५० हजार ९ सय ४३ रुपैयाँ राजस्व संकलन गरेको छ। दोस्रोमा सबै वडा भन्दा बढी जनसख्या भएको वडा नम्बर ६ रहेको छ। वडा नम्बर ६ मा ३ लाख २३ हजार ५ सय १४ रुपैयाँ राजस्व उठाएको नगरपालिकाले उपलब्ध गराएको एक तथ्याङकमा देखिएको छ।

वडा नम्बर १० सबै भन्दा कम राजस्व संकलन गर्ने वडामा परेको छ। वडा नम्बर १० मा ९० हजार ८ सय ५० रुपैयाँ राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ। वडा नम्बर २ मा १ लाख ७५ हजार ९ सय ५४, वडा नम्बर ३ मा १ लाख ७ हजार ९ सय ८२, वडा नम्बर ४ मा १ लाख ८५ हजार ५ सय ५४, वडा नम्बर ५ मा १ लाख १९ हजार ७ सय २, वडा नम्बर ७ मा १ लाख ३७ हजार ९ सय ३, वडा नम्बर ९ मा १ लाख ७० हजार ९ सय ५९ रुपैयाँ राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ। वडा नम्बर १ काे एक लाख २९ हजार सात सय  ३५ रहेको छ। 

आर्थिक वर्ष २०७९/८० मा पाटन नगरपालिकाको राजस्व ४५ लाख रहेको नगरपालिकाका राजस्व शाखा प्रमुख तर्कप्रशाद भट्टले बताए। घर जग्गाको मालपोत कर विद्यालय तथा अन्य सरकारी र गैरसरकारी संस्थाले वडामा तिर्ने गरेका छैन्। 

कमेन्ट लोड गर्नुस