सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विभिन्न ठाउँबाट भन्सार छलीका कपडा बरामद

२०८० भदौ २३, ०६:१९ खबर संवाददाता

धनगढीः  कैलालीका विभिन्न ठाउँबाट भन्सार छलीका कपडा प्रहरीलेब बरामद गरेको छ। धनगढी उप–महानगरपालिका–३ बिशालनगरबाट भन्सार छलीका अन्दाजी करिब ४५ हजार मुल्य बराबरको ७८ पिस साडी बरामद गरेको प्रहरीले जनाएको छ।

यस्तै, धनगढी उप–महानगरपालिका–४ गोलमार्केबा भन्सार छलिका अन्दाजी करिब ९५ हजार मुल्य बराबरका भाईरल साडी, लेडिज सुट, लेहंगा, धोती, कुर्ती लगायतका सामान शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस