सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको दडीपाटा गाउँमा खाने पानीको चरम अभाव

२०८० भदौ २३, ०२:४१ खबर संवाददाता

प्रमित विकः बाजुराको गौमुल गाउँपालिकामा रहेको दडीपाट गाउँमा खानेपानीको चरम अभावभएको छ। हिउँदे मौसम सुरु हुनै लाग्दा गाउँमा खानेपानीको चरम अभाव सुरु भएको हो।

बर्खे सिजनमा समेत खानेपानीको अभाव हुने गरको स्थानीय विष्णु रोकायाले बताए। दडीपाटा गाउँ गौमुल गाउँपालिकाको केन्द्र घट्मना नजिकको बस्ती हो। प्रायःजसो बार्है महिना गाउँमा खानेपानीको अभावहुने गरेको भएपनि अहिलेसम्म कसैले चासो नदिँदा समस्या समाधान नभएको स्थानीय औला रोकायाले बताइन्। गाउँपालिकानजिककै गाउँमालामो समयदेखि त्यहाँका स्थानीयखानेपानीको समस्याझेल्दै आएका छन्।

दडीपाट गाउँलाई तरकारीको पकेट क्षेत्रका रूपमापनि मानिन्छ। तरकारी उत्पादन गर्न प्रशस्त मात्रामा पानीको आवश्यकता हुन्छ। तर, तरकारी फलाउनलाई त परै जावस खानलाई पनिपानीनपुग्ने गरेको औलाले बताएकी छन्।  १८ घरपरिवार रहेको उक्तगाउँमा धेरै वर्ष अगाडी केयर नेपालनामक संस्थाले बनाईदिएका २ वटा धारा छन्।

उक्त संस्थाले मुहानमा ट्याङ्कीसहित धारा निर्माण गरी खानेपानीको समस्या समाधान गरिदिएपछि केही मात्रामा सहज त भयो पुरै गाउँको समस्या हल भने हुन सकेन्। ती धारामा समेत पनि पानीन आउँदा खाने पानीको चरम अभाव हुने गरेको स्थानीय विष्णु रोकायाले बताए।

विस्तारै गाउँमा मानिसहरूको जनसङ्ख्या बृद्धिसँगै घरपरिवारको सङ्ख्या बढ्न थालेपछि आज भोली खाने पानीको झन अभाव हुने गरेको अर्का स्थानीयधौली रोकायाले बताइन्। उनले भनिन् अरानीबाट ल्याएको पानीपनि धेरै वर्षदेखि आउँदैन्, खानेपानीको मुहानको टङ्कीसहित बिचमा पाइपलाइन बिग्रिएका कारण अवरुद्ध भएको छ। गाउँनजिकै रहेको मुहानमा सानो पानी आउन्छ, हिउँदयाममा त झनमुहान सुक्ने गर्छ। जसकाकारण गाउँमाखानेपानीको चरम अभावने गरेको रोकायाले बताएकी छन्।

लामो समयदेखि हाम्रो गाउँमाखानेपानीको अभाव हुदै आएको छ, वर्षातको बेलामाखानेपानीको समस्या हुन्छ। भने फागुन, चैत, बैशाख र जेठको महिना त झनै खाने पानीको ठुलो दुःख पाउन्छौ, औला रोकायाले भनिन्। हिउँदयाममा घर नजिकै रहेको मुहानलाई बेलुका खानका लागि दिन भरी बन्दगर्ने र विहानका लागि प्रत्येक घरमा खान पुग्ने गरी पानी भरेर बुलुकादेखि रातभरी बन्दगर्ने गर्छौ। त्यही थोपो–थोपो जम्मा भएको पानी यति ठुलो गाउँमा जनतेन खानलाई पुगाउने गर्छौ, उनले बताइन्।

गाउँका सबैका लागि खाने पानीका दुई वटा धारा मात्र त्यसैमा पनि पानी धेरै सानो आउने भएकाले पानी भर्नका लागि बिहान, बेलुका लाइनमा लागेर पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीयऔला रोकायाले बताइन्। पालो मिचिएपछि झगडा सहीत छिमेकीसँग तिक्तता हुने गरेको छ। उनले भनिन्, टाडाको मुहानबाट पानील्याउन आफूहरुको आर्थिक अवस्था छैन्। बिहान बेलुका गाउँ नजिककै ट्याङ्कीमा खाने पानीज म्मा गरेर भर्ने गर्छौ। लुगा कपडा धुन, नुहाउन सहीत सरसफाइ गर्न एक घण्टा हिडेर बुढीगंगा नदीमाजानुपर्ने बाध्यता छ। भने तरकारी धेरै फलाएर अमनग्यआम्दानीगर्ने इच्छा थियो। तर पानीजुहँदा तरकारी उत्पादनपनिवर्षेनी घट्दै गएको रोकायाले दुखेको गरेकी छन्।

गाउँमा खानेपानीको समस्या समाधानगर्न ठुलो योजनाको आवश्यक छ। गौमुलगाउँपालिकाको केन्द्र घट्मुनाबजारमा दडीपाटाकै तरकारी जाने गर्दछ। पछिल्लो केहीवर्ष यता भने पानी अभावका कारण तरकारी कमलगाउने र उत्पादनमागिरावट हुन थालेपछि तरकारी बजारमा आउने क्रम घट्दै गएको छ। उक्त गाउँमा खाने पानी प्रशस्तमात्रामा भईदिएपछि त्यहाँका स्थानीयलाई दुई फाईदा हुने देखिन्छ।

स्थानीय  एकातिर तरकारी उत्पादन गरी विक्री गरेपछि आर्थिक संकटबाट मुक्त हुन्थ्ये। भने अर्को खाने पानीको समस्या झेल्नु पर्ने बाध्यता हट्ने थियो। तर, गाउँमा खानेपानीको संकट भएपछि दुबै फाईदाबाट वञ्चित हुनुपर्ने बाध्यता छ। त्यहाँका स्थानीयभने तरकारी उत्पादन भन्दा पनि आफूहरूलाई उपयोग हुने गरी प्रशस्त मात्रामा खाने पानी समस्याको समाधानको अपेक्षामागरिरहेका छन्।  

यता, गौमुल गाउँपालिकाले भने खाने पानीको समस्याको समाधानका लागि पहलभईरहेको बताएको छ। दडीपाटा गाउँमा सानो रकमले व्यवस्थापनगर्न नसकिने र ठुलो बजेट सहीतको योजनाले मात्र खानेपानी बनाउन सम्भव रहेकाले गैरसरकारी संस्थातथा सम्बन्धित निकायहरूसँग समन्वय गरी सहकार्य र सहजीकरणको पहलभईरहेको गाउँपालिकाले जनाएको छ।

वडा नं.६ का वडाध्यक्ष प्रकाशबहादुर रोकायाले भने खानेपानीनिर्माण गर्नका लागि वडाबाट पहलकदमी भईरहेको बताएका छन्। आफ्नो वडाका नागरिकका समस्या समाधानगर्न आफू प्रतिवद्ध रहेको बताउँदै खाने पानीको समस्या हटाउन सम्बन्धित निकाय र सहयोगी संस्थाहरुसँग समन्वय भईरहको वडाध्यक्ष रोकायाले बताए।

वडाका धेरै गाउँमा एक घर एक खानेपानीको धारा निर्माण भईसकेका भए पनि लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका दडीपाटा गाउँवासीको समस्या समाधान हुने वडाध्यक्ष रोकायले बताएका छन्। उनले भने, त्यो गाउँमा केही समयअघि खानेपानीको अभावहुने गरेकोले त्या समस्या समाधानगर्नका लागि स्थानीय सरकारले काम गरेको छ, चाडैं त्यहाँकानागरिकको समस्या हट्ने छ।

पानी अभावले तरकारी उत्पादन घट्यो

दडीपाटागाउँ तरकारी र फलफूलको पकेट क्षेत्रका रूपमा मानिन्छ। त्यहाँका नागरिकले फलाएको तरकारी जिल्ला सदरमुकाम मार्तडीदेखि गौमुलगाउँपालिकाको केन्द्र घट्मुनालगायतका बजार सम्मपुग्ने गर्दछ।

दडीपाटा गाउँमा प्रत्येकव्यक्तिले एक घर एक करेसाबारी बनाएका छन्। त्यहाँकाकृषकले तरकारी खेतीअगाल्नथालेदेखि घट्मुनाबजारमा तरकारीको अभावहुने गरेको छैन्। वर्षातको बेला तरकारी फलाउन सहजताभएपनिहिउँदयाममाभने पानीअभावले समस्याहुने गरेको कृषक विष्णु रोकायाले बताएका छन्।

गौमुलगाउँपालिकामालागु भएकाविभिन्न संस्थाहरूले बीउ, पुजी सहीत बेमौसमी तरकारी फलाउन टनेल सहयोग गरेपछि पछिल्लो समय कृषकहरू थप तरकारी खेतीतर्फ आर्कषित बनेका छन्। तरकारी खेतीतिर आर्कषित यहाँका कृषकहरू पछिल्लो समयमा तरकारी खेती घटाउँदै गएका छन् । तरकारी खेती घटाउनुको प्रमुख समस्या पानीअभाव।

तरकारी खेतीका लागि प्रशस्त मात्रामा पानीको पनि आवश्यक पर्छ। तर, दडीपाटा गाउँमापानीको चरम अभाव हुनथालेपछि खेती घट्दै गएको र उत्पादनमा पनि गिरावट आउने गरेको बुझिएको छ। लगाएको तरकारीमालगाउने पानी नभएपछि सुक्ने गरेको र आफ्नो मेहनत सहीतलगानी खेरजाने भएकाले तरकारी उत्पादनगर्न छोड्नु बाहेकको विकल्प नरहेको कृषकले बताएका छन्।

उक्तगाउँ कृषकले रायो, बन्दा, काउली, गोपी, लौका, चिचीन्डा, भिन्डी, करेलालगायतका तरकारी र टमाटर, खुसानी र बेमौसमीकाक्रा सहीतथुप्रै तरकारी फलाउने गरेका छन्। त्यतिमात्रहोइन्, दडीपाटामा सुन्तला, आँप, मौसमी, अगुर, नास्पति, कागति, अम्बा, जुनार, चुक अनार, केरा पनि राम्रो फल्ने गर्दछ। सुन्तला र तरकारीबाट यहाँकानागरिक जिविकोपार्जन गर्दै आईरहेका छन्। पछिल्लो समय भने पानीअभावले उत्पादनमा कमी आउन थालेपछि स्थानीय वासी चिन्तित बनेका छन्।

 

कमेन्ट लोड गर्नुस