सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउडा सुदूरपश्चिमको पहिचान हो, अन्तर्राष्ट्रियकरण गर्नुपर्छः मन्त्री साउद

२०८० भदौ २३, १०:०८ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउदले देउडा संस्कृति सुदूरपश्चिमको पहिचान भएको बताएका छन्। उनले देउडालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक भएको समेत बताए। 

‘हाम्रो संस्कृति, हाम्रो पहिचानले कैलालीमा आयोजना गरेको देउडा कार्यक्रममा बोल्दै मन्त्री साउदले सांस्कृतिक एकता नभएसम्म बलियो राज्य बन्न नसक्ने बताउँदै मन्त्री साउदले भने, 'देउडा सुदूरपश्चिमको पहिचानहो, यो राष्ट्रियकरण भइसकेको छ। प्रधानमन्त्रीज्यूले गौरालाई राष्ट्रिय चाडको रुपमामनाउने सरकारले निर्णय गर्ने प्रतिवद्धता जनाइसक्नुभएको छ। अब अन्तर्राष्ट्रियकरण गर्नुपर्छ।'

सुदूरपश्चिममा फरक-फरक संस्कृति भएपनि एक अर्कालाई सम्मान गरिरहेको बताए। मन्त्री साउदले संस्कृति बलियो भए मात्रै राज्यबलियो हुने भन्दै भने, 'यहाँ फरकफरक संस्कृति छ, पहाडले तराईको संस्कृतिलाई सम्मान गरेको छ। तराईले पहाडको संस्कृतिको सम्मान गरेको छ। यही हो, हाम्रो पहिचान, संस्कृति बलियो भएमात्रै राज्यबलियो हुन्छ।' 

'हिमाल तथा पहाड र तराईमा रहन-सहन र संस्कार र संस्कृति फरक छ तर बलियो एकता छ। यो नै हाम्रो पहिचानहो' मन्त्रीले भने। उनले सांस्कृतिक एकता खलबलिए समाज नै तहसनहस हुने बताए। 
उनले प्रदेश सरकारले सबै समुदायका चाड पर्व तथा संस्कृतिलाई सम्मानगर्दै समान संरक्षण सम्वर्धन गर्ने प्रतिवद्धता समेत जनाए।
 

कमेन्ट लोड गर्नुस