सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक डेंगी संक्रमित बालिकाको मृत्यु

२०८० भदौ २२, ०४:१६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा एक डेंगी सङ्क्रमित बालिकाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ की १२ वर्षीया लक्ष्मी सेरालाको डेंगी संक्रमणबाट धनगढीमा मृत्यु भएको हो।

केही दिनअघि उनलाई महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा डेंगी सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई त्यहाँबाट रेफर गरी धनगढीस्थित अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बिहिवार राति मृत्यु भएको हो।

 

कमेन्ट लोड गर्नुस