सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितुवाको आक्रमणबाट घाइते भएकी बैतडीकी पुजालाई डडेल्धुरा रेफर 

२०८० भदौ २१, ०८:४४ खबर संवाददाता

बैतडीः  बैतडीमा चितुवाको आक्रमणबाट घाइते भएकी किशोरीलाई डडेल्धुरा रेफर गरिएको छ।

जिल्लाको पञ्चेश्वर गाउपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई  आज (बिहीवार)  चितुवाले आक्रमण गरेको  थियो। चितुवाको आक्रमणबाट घाइते  किशोरीको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि डेल्धुरा  रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले  बताए।

उनको टाउकोमा चोट लागेका कारण सिटीस्क्यान गर्नुपर्ने भएकाले  डडेल्धुरा रेफर गरिएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। घाइते पुजाको अवस्था भने खतरामुक्त रहेको स्वास्थ्यकर्मीले  बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस