सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हरिणको उद्वार

२०८० भदौ २१, ०५:५६ खबर संवाददाता

धनगडीः  कैलालीको जानकी गाउँपालिका वडा नम्बर–९ स्थित कर्णाली करिडोर सामुदायिक वनबाट भागेर आएको हरिणको बिहीवार दिउँसो प्रहरीले उद्धार गरेको छ।

स्थानीयले हरिणलाई सोही पालिकाको बकलवा शिबिर बस्ने बिरुलाल चौधरीको घर पछाडी खेतमा देखिपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी अमरावतीबाट खटीएको प्रहरी टोलीले उक्त जंगली हरिणलाई सकुशल नियन्त्रणमा लिई  ईलाका वन कार्यालय लम्कीको जिम्मामा लगाएको जनाएको छ।

कमेन्ट लोड गर्नुस