सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको अर्को सडकमा पनि घाँस उम्रियो

२०७६ वैशाख ११, ०६:०० रोशन भट्ट

धनगढी उप–महानगरपालिकाले निर्माण गरेको एक अर्को सडकमा पनि घास उम्रिएको छ। यसअघि धनगढी उप–महानगरपालिका वडा नम्वर ८ को बुद्धचोकदेखि कैलाली क्याम्पस जोड्ने सडक कालोपत्रे भएको एक हप्तामै घाँस उम्रिएकोमा वडा नम्वर १ को अर्को सडकमा पनि घास उम्रिएको हो। उपभोत्ता समिति मार्फत कार्यन्वयन भएको वडा नम्वर १ को सडकमा घाँस उम्रिएको हो। वडा नम्बर १ सरस्वती टोलमा निर्माण गरिएको सडकमा घाँस उर्मिन सुरु भएको हो।

डिजाईन स्टमेट अनुसार काम नगर्दा सडक भरी नै घाँस र विरुवाहरु उर्मिन थालेका छन भने धेरै स्थानमा खाल्डाखुल्डी समेत परेको स्थानीय नरवहादुर विक बताए। उप–महानगरपालिकाको ७ लाख वजेट र स्थानीयको श्रमदानमा निर्माण गरिएको सडकमा आठ महिना नपुग्दै सडकको किनार भरी नै घाँस उर्मिन थालेपछि सडक भत्किन पनि सुरु भएको छ।

मापदण्ड अनुसार काम नगर्दा यस्तो अवस्था सृजना भएको स्थानीयले बताएका छन्। कालोपत्रे सम्पन्न पछि गर्नु पर्ने प्रक्रिया समेत पुरा नगरेको स्थानीय रघुनाथ विकले बताए। सडक निर्माणाधिन समयमा नियमन गर्ने निकायले गरेको वेवास्ता कारण यस्तो अवस्था सृजना भएको पनि आरोप लागेको छ। 
 

यो पनि पढ्नुहोस 

धनगढीमा सडक कालोपत्रे भएको एक हप्तामै घाँस उम्रियो

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस