सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडक कालोपत्रे भएको एक हप्तामै घाँस उम्रियो

२०७५ चैत्र ३०, ०१:३३ खबर संवाददाता

धनगढी उप–महानगरपालिका वडा नम्वर ८ को बुद्धचोकदेखि कैलाली क्याम्पस जोड्ने सडक कालोपत्रे भएको एक हप्तामै घाँस उम्रिएको छ। कालोपत्रे भएको हप्ता दिनमै सडकमा घाँस र विरुवा उम्रिएपछि स्थानीय वासिन्दाले गुणस्तरीय काम नभएको आरोप लगाएका छन्।

७ सय ६० मिटर लम्वाईको उक्त सडक धनगढी उप–महानरपालिकाको बजेटमा निर्माण गरिएको हो। टेडी निर्माण सेवाले झडै ८० लाखको लागतमा सडक निर्माणको जिम्मा पाएको थियो। यता उप–महानगरपालिकाले भने गाडी नगुड्ने छेउछाउमा घास उम्रिने भएपनि क्यामिकल हालेर नष्ट गर्नुपर्ने जनाएको छ।
 

कमेन्ट लोड गर्नुस