सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई असोज ४ मा सम्बोधन गर्ने

२०८० भदौ २१, ०५:२१ खबर संवाददाता

काठमाडौंः  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई असोज चारमा सम्बोधन गर्ने भएका छन्।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ३० भदौमा अमेरिका जाने तय भएको छ। भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरले लगायत सहभागि हुनेछन्।

प्रधानमन्त्री प्रचण्डले चार असोजमा राष्ट्रसंघीय महासभालाए सम्बोधन गर्नेछन्। उनले अरु कार्यक्रममा पनि सहभागीता जनाउँनुका साथै विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुसँग भेटवार्ता समेत गर्नेछन्। अमेरिकी राष्ट्रपति जो बोइडेनले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ। प्रधानमन्त्री प्रचण्ड ५ असोजमा न्यूयोर्कबाट चीन जाने छन्।
 

कमेन्ट लोड गर्नुस