सुदूर नेपाललाई विश्वसँग जोड्दै

हवाई इन्धनको मूल्य घट्यो

। फोटो स्रोत ।
२०७६ वैशाख ११, ०५:५९ खबर संवाददाता

नेपाल आयल निगमले अन्तराष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको र उक्त घटाइएको दर बुधबारदेखि लागू हुने जनाइएको छ।

मूल्य घटाएपछि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार ५० अमेरिकी डलर कायम भएको छ। यसअघि प्रतिकिलोलिटर एक हजार १२५ अमेरिकी डलर रहेको थियो। निगमले आव २०७५÷७६ को कार्यक्रमअनुसार हरेक प्रदेशमा एक–एक वटा आफ्नै एलपी ग्यास बोटलिङ प्लान्ट र आधुनिक पेट्रोल पम्प निर्माण गरी सञ्चालन गर्ने निर्णय भएको जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस