सुदूर नेपाललाई विश्वसँग जोड्दै

संयुक्त सैनिक अभ्यास हुँदै

फाइल फोटो
फाइल फोटो
२०८० भदौ २१, ०९:१६ खबर संवाददाता

काठमाडौंः नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबिच संयुक्त अभ्यास हुने भएको छ । यही भदौै २४ देखि असोज १२ गतेसम्म ‘जोइन्ट कम्बाइन्ड एक्सचेन्ज (जेसिइटी)  ब्यालेन्स नेल ४० औँ शृङ्खला काठमाडौँमा हुन लागेको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अभ्यासमा नेपाली सेनाका ३० तथा अमेरिकी सेनाका १२ गरी ४२ जना सैनिकको सहभागिता हुने छ । उक्त संयुक्त अभ्यासमा विपत् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुने सेनाले जनाएको छ ।

नेपाली सेना, संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बङ्गलादेश, इजरायललगायत देशका सैन्य सङ्गठनसँग खोज तथा उद्धार, विपत् व्यवस्थापन तालिम गर्दै आएको छ ।

कमेन्ट लोड गर्नुस