सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव नेतृत्वको नेकपाका भातृ संगठन संयोजक रिहा

२०७६ वैशाख ११, ०५:४४ खबर संवाददाता

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक धरौटीमा रिहा भएका छन्। राज्यविरुद्धको अपराध मुद्दामा अनुसन्धानका लागि थुनामा रहेका ३५ वर्षीय विष्णु परियारलाई बुधबार पर्वत जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

पर्वतको कुश्मा नगरपालिका ८ घर भएका परियारलाई कुश्मा नगरपालिका वडा नं. १२ ठूलीपोखरीबाट १७ चैतमा जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको थियो। ठूलीपोखरी लगायतका क्षेत्रमा संगठन विस्तार गर्दै हिँडेको आरोपमा विष्णु परियारलाई अस्थायी प्रहरी चौकी ठूलीपोखरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।

पर्वत प्रहरीले परियारलाई विप्लव नेतृत्व नेकपाको सक्रिय कार्यकर्ता रहेर राज्यविरुद्धको गतिविधि गरेको आरोपमा हिरासतमा राखी सरकारी वकिल कार्यालय पर्वतबाट राज्यविरुद्धको अपराधअन्तर्गत मुद्दा दर्ता गराएको थियो । 
 

कमेन्ट लोड गर्नुस