सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा भन्सार छलिका सामान बरामद

२०८० भदौ २०, ११:५५ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरमा भन्सार छलिका सामान बरामद गरिएको छ। कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–२ भन्सार नजिकबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी २५ हजार मूल्य बराबरको अचार, ललिपप, प्लाष्टिक झिल्ली लगायतका सामान बरामद गरिएको छ।

धनगढी–३ मिलनचोकबाट अन्दाजी ३१ हजार ९ सय ५० मूल्य बराबरको चिनी, पास्ता, लेडिज सुट लगायतका सामानहरु मंगलवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुरको बिभिन्न स्थान भिमदत्त नगरपालिका ५ सुकासालबाट अबैध रुपमा भन्सार छलिगरी ल्याएका अन्दाजी १ लाख ४० हजार मूल्य बराबरको लेडिज सुट, धोती लगायतका सामान बरामद गरिएको प्रहरीले बताएको छ।

बेलौरी नगरपालिका– ६ बैशाखाबाट अन्दाजी ४८ हजार ८ सय मूल्य बराबरको चिनी, बिष्कुट, प्लाष्टिक झिल्ली, बिडी लगायतका सामान र बेलौरी नगरपालिका–१ बैशाखाबाट अन्दाजी १५ हजार मूल्य बराबरको ट्याक्टरको टायरको रिङ लगायतका सामानहरु मंगलवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।


 

कमेन्ट लोड गर्नुस