सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा बस दुर्घटनाः मृत्यु हुनेको सङख्या ६ पुग्यो

२०७६ वैशाख ११, ०४:५३ खबर संवाददाता

डडेल्धुराको साहुखर्कमा भएको बस दुर्घटनामा परि ६ जनाको मुत्यु भएको छ भने अन्य ३३ जना घाईते भएका छन्। ५ जनाको घटनास्थल जिल्लाको गन्यापधुरा गाउँपालिका साहुखर्कमै मुत्यु भएको हो भने एक जनाको उपचारका क्रममा धनगढी स्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मृतक ६ जनाकै सनाखत भईसकेको छ।

मृतक मध्ये ४ जना नेपाली छन् भने २ जना भारतीय रहेको प्रहरीले जनाएको छ। बझाङको तल्कालेट गाउँपालिका वडा नम्वर ४ का ४४ बर्षीय धनवहादु घर्ती, केदारस्यू गाउँपालिका वडा नम्वर ५ का २५ बर्षीय नरेन्द्रगुरु धामी, ४० बर्षीय हरुली बोहरा र ५५ बर्षीय कलसीगुरु धामी रहेका छन्। भारतीय नागरिक महोमद नसिदको पनि दुर्घटनामा परि मृत्यु घटनास्थलमै मुत्यु भएको हो भने अर्का भारतीय नागरिक मोहमद गुल्जरको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो। 

दुर्घटनामा परि अन्य ३३ जनको विभिन्न अस्पतालमा उपचार भईरहेको छ। अधिकासंको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ भने ५ जनालाई उपचारका लागि धनगढी पठाईएको छ। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। थलरा–३ बझाङका धनबहादुर चौहान, मष्टा–१ का २२ वर्षीय विनोद थापा र गोदावरी नगरपालिका–१० का रमेश चौधरीको अवस्था गम्भिर रहेको प्हरीले जनाएको छ। धनगढीबाट बझाङ गईरहेको बस आज विहान पौने ५ बजे डडेल्धुराको साहुखर्कमा दुर्घटनामा परेको थियो। 
 

कमेन्ट लोड गर्नुस