सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट अबैध सामान बरामद

२०८० भदौ १९, ०३:४६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले अबैध सामान बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानबाट प्रहरीले करिब एक लाख मुल्य बराबरका अबैध सामान वरामद गरेको हो।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित विद्युत कार्यालय अगाडी र बेलौरी नगरपालिका–१ वैशाखाबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

गड्डाचौकीमा करिब ३२ हजार मुल्य बराबरको तेललगायतका सामान र वैशाखाबाट करिब ७३ हजार मुल्य बराबरका लेडिज सुट, भाइरल साडी, चुरा, पेय पदार्थ (डिउ) लगायतका सामान वरामद गरिएको प्रहरीले जनाएको छ। सोमबार साँझ प्रहरी गस्ती टोलीले ती सामान वरामद गरेको हो।

कमेन्ट लोड गर्नुस