प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं: संघीय संसद, प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने सम्भावित कार्यसूची रहेको छ।
आजको बैठकमा सभामुखले “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नु हुने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।


