सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसिया कपमा नेपालले आज भारतको सामना गर्दै

२०८० भदौ १८, ०७:०८ खबर संवाददाता

धनगढीः एसिया कपको समूह ए को अन्तिम खेलमा नेपालले सोमवार भारतसँग खेल्दैछ। दुई देशबीचको खेल सोमवार दिउँसो सवा ३ मा श्रीलंकाको क्यान्डीमा हुनेछ। समूह ए बाट पाकिस्तानले सुपर फोरमा स्थान बनाईसकेको छ।

पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ। सुपर फोरमा स्थान बनाउँने पाकिस्तान पहिलो टोली समेत बनेको छ। शनिवारको भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो। शनिवारको खेलमा अंक बाडेका कारण भारतलाई नेपालविरुद्धको खेल जित्ने दबाब बढेको हो।

सोमवार नेपालसँगको खेलमा पराजित भएमा भारतको एसिया कप यात्रा समाप्त हुनेछ। सो खेल शनिवारको जस्तै रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउँने छ। एसिया कपमा सहभागी ६ देश दुई समूहमा विभाजित रहेका छन्। हरेक समूहका शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन्।
 

कमेन्ट लोड गर्नुस