सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा भैँसीसँग मोटरसाइकल ठोक्किएर एक जना घाइते

२०८० भदौ १७, ०७:२५ खबर संवाददाता

धनगढीः  कैलालीको अत्तरियामा भैँसीसँग मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका छन्।

गोदावरी नगरपालिका मनहेरा स्थित पाठक पेट्रोल पम्प नजिक भैँसीसँग मोटरसाइकल ठोक्किएर एक जना घाइते भएको प्रहरीले जनाएको छ। सुदुरपश्मिप्रदेश ०१–००७ प ९६९९ नम्बरको शिवबहादुर विकले चलाएको मोटरसाइकल भैँसीसँग ठोक्किदा दुर्घटना भएको हो।

उक्त दुर्घनामा परेर मोटरसाइकलको पछाडि सवार तारा विक घाइते भएका छन भने चालक शिवलाई सामान्य चोट लागेको छ। दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको छ। 
 

कमेन्ट लोड गर्नुस