सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले सोमबार धौलीगंगाको बाँध खोल्ने, सतर्क रहन प्रशासनको आग्रह 

२०८० भदौ १७, ०४:०७ खबर संवाददाता

बैतडीः  भारतले सोमवार उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्ला स्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोल्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय बैतडीले आज (आइतवार) एक सूचना जारी गरेर भोलि (सोमबार) बिहान ५ बजेदेखि देखि मंगलबार बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधका ढोका खुल्ने जनाएको छ। भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए। बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाव बढ्ने भन्दै प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन तथा सुरक्षित रहन आग्रह गरेको छ।

सोमबार र मंगलबार दुई दिन बाँधको ढोका खोलिने भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। महाकाली नदी किनारमा आवतजावत नगर्न समेत जारी सुचनामा उल्लेख छ। दार्चुलाको व्याँस गाउँपालिका –५ धौलाकोटदेखि बैतडीको पञ्चेश्वरसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न प्रशासनले आग्रह गरेको छ।
 

कमेन्ट लोड गर्नुस