सुदूर नेपाललाई विश्वसँग जोड्दै

मूल्य वृद्धिको विरोधमा युवा संघको अत्तरियामा मसाल जुलुस

२०८० भदौ १७, ०७:०२

धनगढीः नेकपा एमाले सम्बद्ध युवा संघले सरकारले हालै बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै मसाल जुलुस निकालेको छ।

कैलालीको अत्तरिया बजारमा शनिवार साँझ जुलुस निकालेको हो। युवा संघ गोदावरी नगरकमिटीको आयोजनामा जुलुस निकालिएको छ। जुलुसले बजार परिक्रमा गरेको थियो।

जुलुसमा सहभागीहरुले सरकार विरुद्ध चर्को नाराबाजी समेत गरेका छन्। जुलुसपछि अत्तरिया चोकमा कोण सभाको आयोजना गरिएको थियो।

स्वचालित मूल्य निर्धारण पद्धति सुरु भएको एक महिना मै नेपाल आयल निगमले गत बिहीवार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो।

युवा संघले सर्वसाधारणको दैनिकीमा प्रभाव पारेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो।
 

कमेन्ट लोड गर्नुस