सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसिया कप क्रिकेटमा भारत र पाकिस्तानको दोस्रो पटक रोकिएको खेल फेरि शुरू

२०८० भदौ १६, ०५:५१ खबर संवाददाता

एजेन्सीः  वर्षाका कारण दोस्रो पटक रोकिएको भारत र पाकिस्तानबीच जारी खेल फेरि शुरू भएको छ।

वर्षाका कारण खेल दोस्रो पटक रोकिएको थियो। श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतले ११ दशमलब २ ओभरमा  ३ विकेटको क्षतीमा ५१ रन बनाएको अवस्थामा पानी परेपछि खेल पुनः अवरुद्ध भएको हो। यसअघि ४ दशमलब २ ओभरमा १५ रन बनाएको अवस्थामा पनि पानी परेपछि खेल अवरुद्ध भएको थियो।

भारतका कप्तान रोहित शर्मा ११, विराट कोहली ४ र श्रेयर ऐयर १४ रनमा आउट भए। अहिले शुभमन गिल र इशान किसन क्रिजमा छन्। पाकिस्तानका साहिन साह अफ्रिदीले २ र हरिस रउफले १ विकेट लिए। सस्तैमा प्रमुख ३ विकेट गुमेपछि भारतको पारी समस्यामा परेको छ। एसिया कपको आयोजक पाकिस्तान भएपनि भारतले पाकिस्तान नजाने भएपछि श्रीलंकामा खेल भएको हो।
 

कमेन्ट लोड गर्नुस