सुदूर नेपाललाई विश्वसँग जोड्दै

कूटनीतिक माध्यमबाट चीनसँग नक्साबारे कुरा गर्नुपर्छः माओवादी प्रवक्ता सापकोटा

२०८० भदौ १५, ०७:५२ खबर संवाददाता

काठमाडौंः  नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा उक्त विषयमा छलफल हुने बताए। “चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ। कूटनीतिक पहलकदमी बढाउनुपर्छ”, प्रवक्ता सापकोटाले भने, “प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा कुराकानी हुन्छ।”

नक्सा जस्तो महत्त्वपूर्ण विषयलाई किन समेटिएन भन्ने बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने उनको भनाइ थियो। 
 

कमेन्ट लोड गर्नुस