सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा बस दुर्घटना: घाईते ३० जनाको डडेल्धुरामै उपचार हुँदै, ४ रेफर

२०७६ वैशाख ११, १०:०८ खबर संवाददाता

डडेल्धुरामा आज बिहान भएको बस दुर्घटनामा परी घाईते भएकाहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ। उपचारका लागि अस्पताल पुगाईएका ३४ जना घाईते मध्ये ३० जनाको डडेल्धुरामै उपचार भइरहेको छ भने चार जनालाई धनगढी रेफर गरिएको छ। डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र कडेलले गम्भीर प्रकृतिका चार जनालाई अन्यत्र रेफर गरिएको जानकारी दिए। अन्य तीन चार जनाको अवस्था पनि गम्भीर रहेकाले रेफर गर्नुपर्ने देखिएको डाक्टर कडेलले बताए। दुर्घटनामा परी पाँच जनाको घटना स्थलमै मृत्यु भइसकेको छ। धनगढीबाट बझाङका लागि छुटेको बस आज बिहान डडेल्धुराको साहुखर्कमा दुर्घटनामा परेको थियो।   
 

कमेन्ट लोड गर्नुस