सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल पल्टिँदा दुर्घटना

२०८० भदौ १५, ०६:०९ खबर संवाददाता

धनगढीः धनगढीमा एक मोटरसाइकल पल्टिँदा दुर्घटना भएको छ। बिहीवार धनगढी उप–महानगरपालिका–२ मा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–७ मनेहराका २५ वर्षीय चालक निसान्त रानाले चलाएको  सुपप्र ०१०१० प ६०२५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएको हो।

मोटरसाइकल पल्टिएर दुर्घटना भएपछि चालकको आखाँ, ओठ र टाउकोमा चोट लागेको छ। उनको नवजीवन अस्पातलमा उपचार भैरहेको छ। मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस