काठमाडौंमा भूकम्पको धक्का, नौबिसे केन्द्रविन्द्र
२०७६ वैशाख ११, ०७:३३
धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहान भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार विहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टरको भूकम्प गएको हो। ११ मिनेटपछि फेरी ४ दशमलव ३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ।
चार वर्ष अघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो। तर भूकम्प मापन केन्द्रले भने यो दुबै पराकम्प नै भएको बताएको छ।
कमेन्ट लोड गर्नुस