सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, एलपी ग्यासको प्रतिसिलिण्डर २३५ रुपैयाँले बढ्यो

२०८० भदौ १४, १०:३५ खबर संवाददाता

काठमाडौंः  नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।

निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। निगमका अनुसार हाल प्रतिलिटर १७९ रुपैयाँ ५० पैसा रहेको पेट्रोलमा ४ रुपैयाँ वृद्धि भएको छ। डिजेल १६७ रहेकोमा ३ रुपैयाँ वृद्धि गरिएको छ। निगमले एलपी ग्यासमा भारी वृद्धि गरेको छ। प्रतिसिलिण्डर ग्यासमा २३५ रुपैयाँ बढाएको छ।

अब ग्यास प्रतिसिलिण्डर १८ सय ९५ रुपैयाँ पर्नेछ। वृद्धि भएको मूल्य अनुसार बिहीबार राति १२ बजेपछि पेट्रोल प्रतिलिटर १८२ र डिजेल १७० पर्ने निगमले जनाएको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा ३ रुपैयाँ १७ पैसा, डिजेलमा २ रुपैयाँ ४८ पैसा र ग्यासमा १८६ रुपैयाँ ४५ पैसाले वृद्धि भएर आएपछि नेपालमा मूल्य बढेको हो।
 

कमेन्ट लोड गर्नुस