सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारको सुशासनको अभियान असफल बनाउने दुष्प्रयास भइरहेको छः गृहमन्त्री श्रेष्ठ

२०८० भदौ १४, ०४:३३ खबर संवाददाता

काठमाडौंः  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारसँगै सरकारले थालेको सुशासन अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका छन्।

बिहीबार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल बनाउन ठूलो शक्ति लागिपरेको बताए। ‘जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान सुरु गरिएको हो, सोही प्रवृत्ति र तागतहरु संगठित भएर सरकारको अभियान असफल पार्न लागिपरेका छन्, उनले भने।

उनले सुशासनको अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल छाड्ने प्रतिबद्धता पनि व्यक्त गरे।
 

कमेन्ट लोड गर्नुस