सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी अस्पतालद्धारा सञ्चालित मानसिक स्वास्थ्य शिविरमा ४० जनाले लिए सेवा 

२०८० भदौ १३, ०७:४१ खबर संवाददाता

बैतडीः  जिल्ला अस्पताल बैतडीमा बुधबार सञ्चालन गरिएको मानसिक स्वास्थ्य शिविरमा ४० जनाले सेवा लिएका छन्।

मानसिक समस्या भएका बिरामीहरुलाई लक्षित गरेर हरेक महिनाको १३ गते अस्पतालले मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। शिविरमा मानसिक रोग बिशेषज्ञ डा. निराजन भट्टराईले सेवा दिएका थिए। विश्व स्वास्थ्य संगठनसंगको सहकार्यमा अस्पतालमा मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको अस्पतालका निमित्त प्रमुख डा. धिरज जैसवालले बताए।

मानसिक समस्या जनस्वास्थ्यको विकराल समस्याको रुपमा देखा परेकाले स्थानीय नागरिकलाई सेवा लिन सहज होस भनेर अस्पतालमा मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको अस्पताल व्यवस्थापन अधिकृत सुमन महराले बताए। शिविरमा आएका बिरामीहरुलाई आवश्यक उपचारका साथै परामर्श सेवा समेत दिइएको महराले बताए।
 

कमेन्ट लोड गर्नुस