सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानविरुद्ध नेपाल फिल्डिङमा

२०८० भदौ १३, ०३:५३ खबर संवाददाता

नेपालले घरेलु टोली पाकिस्तानविरुद्ध फिल्डिङ गर्ने भएको छ। मुलतान क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।

नेपाल रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ। पाकिस्तानको कप्तानी भने बाबर आजमले सम्हाल्नेछन्। एसिया कपअघि नेपाली टोलीका कप्तान रोहित पौडेलले एसिया कपका लागि टोलीसँगै सबै नेपाली रहेको बताए। पाकिस्तानविरुद्धको खेलमा भीम सार्कीलाई टोलीबाहिर राखिएको छ।

उक्त खेलको टीममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल्, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्। यस्तै पाकिस्तानी टीममा बाबर आजम (कप्तान),  फखार जमान, इमाम उल हक, मोहम्मद रिजवान,अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ रहेका छन्।
 

कमेन्ट लोड गर्नुस