सुदूर नेपाललाई विश्वसँग जोड्दै

४५ दिन भइसक्दा पनि सुप विश्वविद्यालयको ताला खुलेन

२०८० भदौ १३, ०१:३९ खबर संवाददाता

कञ्चनपुरः ४५ दिन पुरा भइसक्दा पनि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला खुलेको छैन्।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो। केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित बनेको छ। राप्रविसंघसँगै २२ साउनदेखि नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले पनि केन्द्रिय कार्यालयमा अर्को ताला थपेको छ।

राप्रविसंघ र अनेरास्ववियूका नेताहरुले विश्वविद्यालय प्रशासनले अहिलेसम्म आफूहरुलाई वार्ताका लागि नबोलाएको बताएका छन्। केन्द्रीय कार्यालय बन्द भए पनि आर्थिक फाइदा हुने काम भने उपकूलपति र रजिष्ट्रारले निवासबाटै गरिरहेको आरोप छ। बन्दकै क्रममा सम्बन्धनको सूचना निकाल्नेदेखि टेण्डर आव्हान र स्वीकृत गर्ने काम भइरहेको छ।

कमेन्ट लोड गर्नुस